Kathmandu Press

हत्यामा संलग्न भएको आरोप आमाछोरा पक्राउ

बारा, माघ २ : एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको...
हत्यामा संलग्न भएको आरोप आमाछोरा पक्राउ

बारा, माघ २ : एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियाे।

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्