जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, माघ २ : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका ६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका ७...
काठमाडौं, माघ २ : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका ६ स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका ७ घर भएका ३० वर्षीय जनक शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:२४ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












