Kathmandu Press

सप्तरीमा सर्पले डसेर एक महिलाको मृत्यु

सप्तरी, भदौ २३ : महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।

घाँस काट्दा सर्पले डसेपछि ५५ वर्षीया सूर्यमनीदेवी यादवको मृ....

सप्तरीमा सर्पले डसेर एक महिलाको मृत्यु

सप्तरी, भदौ २३ : महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।

घाँस काट्दा सर्पले डसेपछि ५५ वर्षीया सूर्यमनीदेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार बिहान घाँस काट्ने क्रममा उनलाई सर्पले डसेको थियो। उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्