Kathmandu Press

प्रदेश १ को हारले आर्मी सेमिफाइनलमा

प्रदेश १ को हारले आर्मी सेमिफाइनलमा

काठमाडौं, माघ २ : आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा प्रदेश १ पराजित भएपछि विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रदेश १ सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएपनि आर्मी समूह एबाट समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्यो।

यो हारले प्रदेश १ पनि प्रतियोगिताबाट बाहिरियो भने सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। यो समूहबाट नेपाल पुलिस क्लब लागतार तीन जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनल पगेको छ। 

पहिला ब्याटिङ गर्दैै प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपशिचमले ५ बल बाँकी छँदा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि राजु रिजालले अर्धशकीय इनिङ खेले । उनले ५२ बलमा ९ चौका र २ छक्का मद्दछमा ६८ रन बनाए। 

यस्तै, कप्तान सन्तोष भट्टले ४८ रन बनाउँदा अर्जुन साउदले २६ रन बनाए । प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले समान १ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको प्ररदेश १ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनायो। उसका मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाउँदा सोनु अन्सारीले ३१ तथा ओपनर मिनाश थापा र अकिंत सुवेदीले समान २३ रन बनाए। सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए।

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्