तनहुँमा कोरोना सङ्क्रमित बढे, ६८ प्रतिशतले लगाए पूरा खोप
काठमाडौं, माघ २ : जिल्लामा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६...काठमाडौं, माघ २ : जिल्लामा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ।
भानुमा पाँच, व्यासमा नौ, शुक्लागण्डकीमा पाँच, भिमादमा तीन, म्याग्देमा तीन, ऋषिङमा दुई, बन्दीपुरमा चार र आँबुखैरेनीमा १५ सक्रिय सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । घिरिङ र देवघाटमा भने सक्रिय सङ्क्रमित नरहेको उनले बताए।
तनहुँमा हालसम्म पाँच हजार ४२७ जनामा कोरोना भएकामा पाँच हजार २५१ निको भएका छन् भने १३० को मृत्यु भएको छ ।
६८ प्रतिशतले लगाए पूरा खोप
तनहुँमा १८ वर्ष उमेरभन्दा माथिका ६८.६ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका छन् । कार्यालयका अनुसार १८ वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ ले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका छन्।
त्यस्तै जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका ८०।७ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । कूल ३९ हजार ४३४ बालबालिकामध्ये ३१ हजार ८१२ ले यो खोप लगाएका हुन् । कार्यालयका अनुसार कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिमध्ये भानुका २१ हजार ७५५, व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका छ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका छ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ ले पूरा खोप लगाएका छन्।
यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ।