काठमाडौं सहित तराईमा हुस्सु, दिउसो हट्ने
काठमाडौं, माघ २ : आज पनि काठमाडौं उपत्यकासहित तराईका भूभागमा हुस्सु लागेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाशाका अनुसार आज बिहान...
काठमाडौं, माघ २ : आज पनि काठमाडौं उपत्यकासहित तराईका भूभागमा हुस्सु लागेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाशाका अनुसार आज बिहान देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।
काठमाडौं उपत्यकामा हुस्सु लागेको छ। तराईका केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












