Kathmandu Press

संकटाविरद्ध थ्री स्टार विजयी

संकटाविरद्ध थ्री स्टार विजयी

काठमाडाैं, माघ १ : राजधानीमा सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले पहिलो हार बेहोको छ। लिगमा संकटालाई पहिलो हार चखाउने क्रममा शनिबार भएको खेलमा थ्री स्टार १–०को जित निकाल्यो।

थ्री स्टारको जितमा विजय भुजेलले निर्णयाक गोल गरे। रोमाञ्चक र प्रतिस्पर्धाक खेल बराबरीतर्फ उन्मूख भएका बेला इन्जुरी समयको सातौं मिनेटमा विजयले गोल गरेपछि थ्री स्टार विजयी भयो।  

संकटाका गोलकिपर राजा बाबुले पन्च गरेको बल नियन्त्रणमा लिँदै राफायल रिमले उपलब्ध गराएको पासमा विजयले गोल गरेका थिए।

जितसँगै थ्री स्टार संकटालाई नै पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। उसले ९ खेलमा १६ अंक जोडेको छ। १४ अंकसहित सकंटा पाँचौं स्थानमा झरेको छ।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्