टाइगर कप आमन्त्रण भलिबल : पुरुषतर्फ आर्मी च्याम्पियन
कास्की, माघ १ : पोखरामा भएको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टिम त्रिभुव आर्मी क्लब च्याम्पियन बनेको छ।...
कास्की, माघ १ : पोखरामा भएको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टिम त्रिभुव आर्मी क्लब च्याम्पियन बनेको छ। शनिबार पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको फाइनलमा हेल्प नेपाललाई ३–१को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
समूह चरणमा हेप्ल नेपालसँग पराजित भएको आर्मीले फाइनलको पहिलो सेट २५–१८ले जित्यो । दोस्रो सेटमा हेल्प नेपालले पुनरागमन ग¥यो र सेट ट्राइबेकरमा २६–२४ ले जित्यो । त्यसको दुई सेट २५–१८ र २५–१९ ले जित्दै आर्मीले उपाधि उचाल्यो।
प्रतियोगिताको महिलातर्फको उपाति एपिएफले जितेको थियो । फाइनल एपिएफले आर्मीमाथि ३–०को सोटमा जित निकालेको थियो ।
उपाधिसँगै आर्मीले उपाधिसँगै ३ लाख प्राप्त ग¥यो भने उपविजेता हेल्प नेपाललेले १ लाख ५० हजार पायो।
प्रकाशित मिति: १८:०७ बजे, शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











