एटीएम ह्याकबारे छलफल गर्न राष्ट्र बैंकले २८ वाणिज्य बैंक बोलायो
काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकले एटीएम ह्याकको विषयमा छलफल गर्न सबै वाणिज्य बैंकलाई बोलाएको छ।
चिनियाँ ह्याकरहरुले विभिन्न बैंकक....

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकले एटीएम ह्याकको विषयमा छलफल गर्न सबै वाणिज्य बैंकलाई बोलाएको छ।
चिनियाँ ह्याकरहरुले विभिन्न बैंकका एटीएम बुथ ह्याक गरेर पैसा लुटेपछि केन्द्रीय बैंकले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउने विषयमा छलफल गर्न सोमबार २८ वटै वाणिज्य बैंकलाई बोलाएको हो।
केन्द्रीय बैंक र वणिज्य बैंकहरुले यतिवेला एटीएम सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिकसँग छलफल गरिरहेका छन।
चिनियाँ ह्याकरहरुले सात वटा बैंकका विभिन्न कार्ड प्रयोग गरी ६ वटा एटीएमबाट एक करोड ८९ लाख ४४ हजार रुपैयाँ निकालेका थिए।
त्यस्तै भारतबाट पनि नेपालका ६ वटा वाणिज्य बैंकहरूका विभिन्न कार्ड प्रयोग गरी त्यहाँका विभिन्न २४ वटा बैंकका एक सय ३२ एटीएमबाट एक करोड पाँच लाख ८७ हजार दुई सय रुपैयाँ निकालेका थिए।
राष्ट्र बैंकले साइवर सुरक्षालाई मजुवत बनाउन बैंकरहरुसँग छलफल थालेको हो।










-1754206481.jpg)
