Kathmandu Press

विश्वका अर्बपतिहरु कुन गाडी चढ्छन्? 

जेफ बेजोस एमजोनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विश्वकै धनी व्यक्ति पनि हुन्। अमेरिकाको प्रविधि कम्पनी एमजोनमा उनको १२ प्रतिशत स्वामित्व छ। कम्पनीको ....

विश्वका अर्बपतिहरु कुन गाडी चढ्छन्? 

जेफ बेजोस एमजोनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विश्वकै धनी व्यक्ति पनि हुन्। अमेरिकाको प्रविधि कम्पनी एमजोनमा उनको १२ प्रतिशत स्वामित्व छ। कम्पनीको बजार मुल्य एक खर्ब १४ अर्ब अमेरिकी डलरभन्दा धेरै छ।

अकुत सम्पत्ति भए पनि सन् १९९९ मा बेजोसले १९९६ होन्डा एकर्ड चलाउँथे। सन् १९९९ मा अमेरिकी टेलिभिजन कार्यक्रम “सिक्स्टी मिनेट्स” मा त्यहि गाडी चलाउनुको कारणबारे सोध्दा बेजोसले भनेका थिए “यो एकदमै राम्रो कार हो।” सन् १९९६ मा कारको मुल्य करिब १८ हजार अमेरिकी डलर थियो।

फेसबुक र असानाका सहसंस्थापक डस्टिन मोस्कोभिजको सम्पत्ति १३।४ अर्ब अमेरिकी डलर भएको फोर्ब्सले जनाएको छ।

Hardik ivf

फेसबुकमा उनको तीन प्रतिशत स्वामित्व छ। तर उनी पैसा धेरै खर्च गर्दैनन्।

सन् २०११ मा मोस्कोभिजले फोक्सवागन आर ३२ चलाउने गरेको द सियाटल टाइम्सले छापेको थियो। सन् २००८ मा सो कारको अधिकतम खुद्रा मुल्य ३२ हजार अमेरिकी डलर थियो।

ज्याक मा अलिबाबा ग्रुपका सहसंस्थापक हुन्। ३७.३ अर्ब अमेरिकी डलर सम्पत्ति भएका मा चीनकै दोश्रो धनी व्यक्ति हुन्। सन्

२०१८ को अक्टोबरमा उनलाई रोवि आरएक्स ५ एसयुभीमा देखिएको थियो। त्यसमा अलिबाबाकै “युनओएस अपरेटिङ सिस्टम” को “इन्फोटेन्मेन्ट” प्रणाली छ।

अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत तथा गुगलका सहसंस्थापक ल्यारी पेज विश्वको आठौं धनी व्यक्ति हुन्। सन् २०१८ को अक्टोबरमा उनको कुल सम्पत्ति ५३.५ अर्ब अमेरिकी डलर छ।

रोयटर्सका अनुसार ल्यारी टोयोटाको प्रियस चलाउँछन्। सन् २०१९ मा उक्त कारको मुल्य २३ हजार सात सय ७० अमेरिकी डलर छ।

अमेरिकी लगानीकर्ता वार्रेन बफेट पनि धेरै खर्च गर्दैनन्। उनलाई “ओरेकल अफ ओमाहा” पनि भनिन्छ। बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत तथा अर्बपति बफेटले ८४.२ अर्ब अमेरिकी डलर सम्पत्तिको ९९ प्रतिशत अनुदान दिने प्रतिबद्धता जनाएका छन्।

बफेट २०१४ को क्याडिल्याक एक्सटिएस चलाउँछन्। सोहि मोडेलको नयाँ कारको मुल्य २३ हजार पाँच सय अमेरिकी डलर छ।

योभन्दा अगाडि उनले सन् २००६ को क्याडिल्याक डिटिएस चलाउँथे। टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा अर्बपति इलोन मस्क आफ्नो कम्पनीको कार चलाउँछन्।

माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा लस एञ्जलिस क्लिप्पर्सका मालिक स्टिभ बाल्मरको कुल सम्पत्ति ५०.९ अर्ब अमेरिकी डलर छ। 

फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलन मुलाल्लीले सन् २००९ मा व्यक्तिगत रूपमै बाल्मरको फोर्ड फ्युजन हाइब्रिड कार पुर्‍याएका थिए।

बाल्मरका पिता डिट्रोइटमा लामो समयसम्म फोर्डकै कर्मचारी थिए। उनी फोर्डका इमान्दार ग्राहक हुन्। कारको खुद्रा मुल्य १९ हजार पाँच सय अमेरिकी डलर थियो।

एलिस वाल्टन वाल्मार्टका उत्तराधिकारीमध्ये एक हुन्। उनी विश्वकै दोश्रो धनी महिला पनि हुन्। उनको कुल सम्पत्ति ५१.६ अर्ब अमेरिकी डलर छ। अन्य सहोदरजस्तै वाल्मार्टमा काम गर्नु छाडेर उनी कला संग्रहतिर लागिन्। उनीसँग लाखौं अमेरिकी डलर बराबरको कला संग्रह भएको बताइन्छ।

सन् २००८ मा फोर्ब्सले छापेको एउटा समाचार अनुसार उनीसँग फोर्डको एफ १५० किङ र्‍याञ्च पिकअप ट्रक छ। त्यो वर्ष उक्त ट्रकको मुल्य ४० हजार नौ सय ३० अमेरिकी डलर थियो।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा धेरै छ। उनीसँग कारको संग्रह नै छ। तीमध्ये एउटा हो १९८८ को पोर्स ९५९। सन् १९८८ मा पहिलो पटक बजारमा आएको ९५९ को मुल्य तीन लाख अमेरिकी डलर थियो।

एकताका उक्त कार विश्वकै तिव्र गतिमा दौडने कार बनेको थियो। फेसबुकका संस्थापक मार्क जकरबर्गले सन् २०१४ मा पगानी हुयारा सुपरकार किनेको बताइन्छ। उनीसँग एक्युरा टिएसएक्स, होन्डा फिट र फोक्सवागन गल्फ जिटिआइ पनि छ।

सन् २०१४ मा पगानी हुयाराको मुल्य चौध लाख अमेरिकी डलर थियो। मार्क जकरबर्गको कुल सम्पत्ति ७४.४ अर्ब अमेरिकी डलर छ।

प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्