डिजेल र पेट्रोलको मुल्य बढ्यो
काठमाडौं, माघ १९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्ट....
काठमाडौं, माघ १९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मुल्य वृद्धि गरेको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ ।
प्रकाशित मिति: २१:३७ बजे, शनिबार, माघ १९, २०७५
थप समाचार






