Kathmandu Press

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं, भदौ २२ : चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

आइतबार साँझ ६ बजे उनी त्रिभुवन विमानस्थलमा अ....

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा
रिवाज राई

काठमाडौं, भदौ २२ : चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

आइतबार साँझ ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण छन् । वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलमा स्वागत गरेका थिए। 

वाङ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा पनि उनको भ्रमणलाई हेरिएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ।

विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्री ज्ञवालीसँग भने वाङले सोमबार मात्रै भेटवार्ता गर्नेछन् । 
 

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्