Kathmandu Press

रुबिनाले हङकङमा क्रिकेट खेल्ने

काठमाडाैं, माघ १ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा आयो्जना हुने...
रुबिनाले हङकङमा क्रिकेट खेल्ने

काठमाडाैं, माघ १ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा आयो्जना हुने फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिता खेल्ने भएकी हुन्।

यो प्रतियोगितामा आबद्ध उनी दोस्रो नेपाली महिला क्रिकेटर हुन्। यसअघि नै नेपाली क्रिकेटर सीता रानामगर प्रतियोगितामा आबद्ध भइसकेकी छिन्।

फेयर ब्रेक इन्भिटेसनल अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । मे १ देखि १५ सम्म हङकङमा हुने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन्।

 

प्रकाशित मिति: ११:११ बजे, शनिबार, माघ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्