Kathmandu Press

उपाधि होडबाट टाढिँदै मनाङ, सातदोबाटोसँग २–० ले पराजित

काठमाडौं, पुस ३० : सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल आजबाट सुरु भयो । पहिलो दिनको दोस्रो खेलमा लिगको सर्वाधिक सफल...
उपाधि होडबाट टाढिँदै मनाङ, सातदोबाटोसँग २–० ले पराजित

काठमाडौं, पुस ३० : सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल आजबाट सुरु भयो । पहिलो दिनको दोस्रो खेलमा लिगको सर्वाधिक सफल टिम मनाङ मरस्याङ्दीले नवप्रवेशी सातदोबाटो युथ क्लबको सामना गर्‍यो । 

जारी लिगका आश्चर्यजनक रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेको सातदोबाटोले मनाङविरुद्ध पनि त्यस्तै प्रदर्शनलाई निरन्तता दियो । उपाधिको प्रबल दाबेदार मनाङविरुद्ध सातदोबाटोले २–० को जित निकाल्यो।

सातदोबाटोसँगको यो हारले मनाङको उपाधि यात्रालाई कठीन मोडका पुर्‍याएको छ। र, उ एक खेल कम खलेको शीर्ष स्थानको मछिन्द्रभन्दा १ अंकले पछि छ। 

मनाङको यो हारले मछिन्द्रको उपाधि रक्षाको अभियान थप बलियो बनेको छ। मनाङ १९ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मछिन्द्रको २० अंक छ। यता, सातदोबाटोले १२ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ।

बलियो मनाङविरुद्ध सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नांगा र मार्टिन्स अजयीले गोल गरे भने मनाङका ओलावा आफिजले गोल गरेको थिए।

मनाङविरुद्ध सातदोबाटोले पहिलो हाफमा २–०को अग्रता लिएको थियो । मार्टिनले ११औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए। उनले सुदिप गुरुङको पासमा हेडमार्फत गोल गरेका थिए । 

मार्टिन्स अजयीले ३८ औं मिनेटमा गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर बनाए । उनले प्रशान्त अवस्थीको पासमा हेड मार्फत नै गोल गरेका थिए। 

ओलावाले हाफिजले ५७ औं मिनेटमा गोल गर्दै मनाङलाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि गोल नहुँदा मनाङ २–१ले स्तब्ध भयो।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्