Kathmandu Press

ए डिभिजन  लिग : हिमालयन शेर्पामाथि एपिएफको जित

काठमाडाैं, पुस ३० : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपिएफ विजयी भएको छ। शुक्रबार दशरथ रंगशालामा भएको नवौं चरणको पहिलो खेलमा एपिएफले...
ए डिभिजन  लिग : हिमालयन शेर्पामाथि एपिएफको जित

काठमाडाैं, पुस ३० : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपिएफ विजयी भएको छ। शुक्रबार दशरथ रंगशालामा भएको नवौं चरणको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पामाथि १–० को जित निकाल्यो। 

एपिएफको जितका आवास लामिछानेले निर्णायक गोल गरे। दशरथ रंगशालमा भएको खेलमा आवासले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । उनले कप्तान नवीन लामाको कर्नरमा हेडमार्फत गोल गरेका थिए । 

नवौं चरणमा हिमालयन शेर्पामाथि जित निकाल्दै विभागीय टिम एपिएफ रेलिगेशन जोनबाट बाहिर निकिस्कएको छ । लागतार तीन हारबाट लिगको सुरुआत गरेको एपिएफ पछिल्ला ६ खेलमा भने अपराजित छ । लिगको दोस्रो जित निकालेको एपिएफ १० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ। यता, हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमै छ।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्