Kathmandu Press

दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु
Hardik ivf

रुपन्देही, पुस ३० : भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको  जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, पुस ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्