Kathmandu Press

आबुखैरेनीमा ८० वर्ष नाघेकालाई  निः शुल्क एम्बुलेन्स सेवा 

तनहुँ, पुस ३० : आँबुखैरेनी गाउँपालिका कार्यालयले  एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो। गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८...
आबुखैरेनीमा ८० वर्ष नाघेकालाई  निः शुल्क एम्बुलेन्स सेवा 
Hardik ivf

तनहुँ, पुस ३० : आँबुखैरेनी गाउँपालिका कार्यालयले  एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो। 

गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए।

उनले भने, ‘रु १२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ ।’ एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए।    तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ।  

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, पुस ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्