एभर्टनका डिफेन्डर लुकास अब एस्टन भिल्लामा
काठमाडौं, पुस ३० : एस्टन भिल्लाले एभर्टनका डिफेन्डर लुकास डिग्नेलाई अनुबन्ध गरेको छ।फ्रेन्च डिफेन्डर लुकासलाई २५ मिलियन पाउण्डमा एस्टनले अनुबन्ध गरेको हो ।लुकासले एस्टनसँग...
काठमाडौं, पुस ३० : एस्टन भिल्लाले एभर्टनका डिफेन्डर लुकास डिग्नेलाई अनुबन्ध गरेको छ।फ्रेन्च डिफेन्डर लुकासलाई २५ मिलियन पाउण्डमा एस्टनले अनुबन्ध गरेको हो ।
लुकासले एस्टनसँग साढे ४ वर्षको सम्झौता गरेका छन् ।लुकासले एभर्टनका लागि १ सय २७ खेलमा ६ गोल गरेका छन्।
एस्टनले दोस्रो खेलाडीको रुपमा २८ वर्षीय डिफेन्डर अनुबन्ध गरेको हो ।यस अघि बार्सिलोनाबाट एस्टनले मिडफिल्डर फिलिप कोउटिन्होलाई लोनमा अनुबन्ध गरिसकेको छ ।
प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











