Kathmandu Press

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा 

काठमाडौं, पुस  ३० : एट्लेटिको बिलबाओ स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेकोा छ। गएराती भएको खेलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै बिलबाओ फाइनल पुग्न सफल...
एट्लेटिको मड्रिडलाई पराजित गर्दै बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा 

काठमाडौं, पुस  ३० : एट्लेटिको बिलबाओ स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेकोा छ। गएराती भएको खेलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै बिलबाओ फाइनल पुग्न सफल भएको हो। 

रियादको किङ फाड अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा ३–२ गोल अन्तरले बिलबाओ विजयी भएको हो

बिलबाओका गोलरक्षक उनाई सिमोनले खेलको ६२ औ मिनेटमा आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो ।

तर बिलबाओका येराय अल्भारेजले ७७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । निको विलियम्सले ८१ औ मिनेटमा गोल गर्दै बिलबाओको जित सुनिश्चित गरे । 

उपाधिका लागि बिलबाओले अब आइतबार हुने फाइनलमा रियल मड्रिडको सामना गर्नेछ । रियल मड्रिडले बुधबार राती बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । 

 

प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्