Kathmandu Press

कारबाओ कप : आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिए 

काठमाडौं, पुस ३० : कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिएका छन्। गएराती भएको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुर र आर्सनलले...
कारबाओ कप : आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिए 

काठमाडौं, पुस ३० : कारबाओ कपको सेमिफाइनल खेलमा आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिएका छन्। गएराती भएको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुर र आर्सनलले गोलरहित बराबरी खेलेका हुन्।

एनफिल्डमा भएको खेलमा १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । 

खेलको २४ औ मिनेटमै झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो  ।

तर मुख्य खेलाडी मोहमद सलाह र साडियो माने बिनानै मैदानमा उत्रिएको लिभरपुलले त्यसको फाइदा भने लिन सकेन ।

यी दुई टोलीबीचको दोस्रो लेग जनवरी २० तारिखमा हुनेछ । विजेताले फाइनलमा चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

 

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्