मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु
बनियानी, पुस ३० : झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ...
बनियानी, पुस ३० : झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु उनले बताए । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन्।
प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












