Kathmandu Press

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

कञ्चनपुर,  पुस ३० : यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार...
कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित
Hardik ivf

कञ्चनपुर,  पुस ३० : यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । 

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गड्डाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ।  

प्रकाशित मिति: ०९:४५ बजे, शुक्रबार, पुस ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्