Kathmandu Press

ए डिभिजन लिगमा आजदेखि नवाैँ चरणका खेल

काठमाडौं, पुस ३० : शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल हुँदै छन्।आठौँ चरणका खेल सकिएसँगै उपाधिको अड्कलबाजी गर्न थालिएको छ।...
ए डिभिजन लिगमा आजदेखि नवाैँ चरणका खेल

काठमाडौं, पुस ३० : शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल हुँदै छन्।

आठौँ चरणका खेल सकिएसँगै उपाधिको अड्कलबाजी गर्न थालिएको छ। योसँगै रेलिगेशन पर्ने टिम पनि संघर्ष गरिरहेका छन्।

अब नवौं चरणका खेलमा सबै क्बलले तीन अंकका लागि खेल्नेछन्। यसले खेलमा झन रौनक थप्नेछ।

आज पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको मध्यतिरै छ।

दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ।

 

प्रकाशित मिति: ०७:५१ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्