Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार राई पक्राउ

काठमाडाैं, पुस २९ : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४०...
बैंकिङ कसुर मुद्दाका फरार राई पक्राउ
Hardik ivf

काठमाडाैं, पुस २९ : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई आज दिउँसो पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए। उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, पुस २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्