Kathmandu Press

नागरिकताको सिफारिसमै घुस !

काठमाडाैं, पुस २९ : नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि...
नागरिकताको सिफारिसमै घुस !

काठमाडाैं, पुस २९ : नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ।

स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रूपैयाँ घुस लिएको फेला परेको छ। स्याङ्जाको भिरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्