Kathmandu Press

फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडाैं, पुस २९ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन...
फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडाैं, पुस २९ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन। धोबीखोला करिडोरको अनुगमनका क्रममा उनले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनःअनुगमनमा आउने बताइन। मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

मन्त्री झाँक्रीको नेतृत्वमा मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको हो। टोलीले बाटोको अवस्था, ढल, फोहर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको थियो। बबरमहलबाट सुरु गरिएको अनुगमन बूढानीलकण्ठ पुगेर सम्पन्न भएको थियो।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्