Kathmandu Press

मतदाताको भावनाअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेँ : नेता सिंह

काठमाडाैं, पुस २९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन।...
मतदाताको भावनाअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेँ : नेता सिंह

काठमाडाैं, पुस २९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन। आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उनले पहिलो चरणको निर्वाचनमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताएका हुन्।

नेता सिंहले भने, 'मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेण्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ।'

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्