Kathmandu Press

पिएम कप : लो स्कोरिक म्याचमा एपिएफ विजयी

पिएम कप : लो स्कोरिक म्याचमा एपिएफ विजयी

काठमाडाैं, पुस २९ : प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ९३ रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेन। 

राष्ट्रिय टिमका बलर कमलसिंह ऐरीले घातक बलिङ गरेपछि गण्डकीले निर्धारित ओभरमा ७ विकेट मुमाउँदै ९० रन मात्र बनाउन सक्यो। ा विपिन क्षेत्रीले सर्वाधिक ३६ रन बनाए भने विधान श्रेष्ठले २९ रन बनाए पनि अन्यले दोहोरो अंकमा स्कोर बनाउन नकेपछि गण्की पराजित भयो।

गण्डकीको इनिङ ध्वस्त बनाउने क्रममा कलमसिंह ऐरीले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, किशोर महतोले २ तथा अविनाश बोहराले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको एपिएफले १८।४ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाएको थियो । उसका प्रदीप ऐरीले सर्वाधिक १७ रन बनाउँदा आसिफ सेखले १६ तथा दीपक बोहराले १५ रनको योगदान दिए ।

उपाधि दाबेदार एपिएफलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका कमल परियारले ३ तथा विशाल पौडेलले २ विकेट लिए।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको एपिएफ समूह बीको शीर्ष स्थानमा छ । यता, गण्डकी पनि अंकबिहीन हुँदै पुछारमा छ।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्