Kathmandu Press

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
फाइल तस्बिर

खाँदबारी, पुस २९ : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो। 

सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो । भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताए। 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्