Kathmandu Press

बार्सिलोनामाथि रियलको रोमाञ्चक जित

काठमाडौं, पुस २९ : रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा भएको सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई ३–२ ले पराजित...
बार्सिलोनामाथि रियलको रोमाञ्चक जित

काठमाडौं, पुस २९ : रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा भएको सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल फाइनलमा प्रवेश गरेको हो।

रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जिमा र फेडे भाल्भर्डेले गोल गरे भने बार्सिलोनाका लुक डि योङ र अन्सु फातीले गोल गरेका थिए। 

रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा २५औं मिनेटमा भिनिसियसको गोलमा रियलले अग्रता बनाएको थियो। उनले कप्तान करिम बेन्जेमाको पासमा काउन्टरमा उत्कृष्ट गोल गरेका थिए।

४१औं मिनेटमा लुक डि योङले खेलालाई बराबरीमा ल्याए । रियलका डिफेन्डर इडर मिलिआटोले क्लियर गरेको बल डि योङमा डिफ्लेक्ट हुँदै गोल भएको थियो । पहिलो हाफ १–१ को बराबरीमा सकियो । 

पहिलो रियलविरुद्ध संघर्ष गरेको बार्सिलोनाले हाफ टाइममै २ खेलाडी परिवर्तन ग¥यो । रियलमाथि दबाब बनायो । उसले दोस्रो हाफको सुरुआतमै पेन्ड्री र एब्डी इजाल्जोलीलाई मैदान छिराएको थियो । खेलमा पडक बनाए पनि गोल रियलले नै ग¥यो। ७२औं मिनेटमा कप्तान करिम बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अवस्थामा ल्याए।

८३औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको क्रसमा हेडिङमार्फत गोल गरेपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको आठौं मिनेटमा भोल्भर्डेले काउन्टरमा गोल गर्दै रियललाई ३–२को जित दिलाए। 

रियलले उपाधिका लागि एट्लेटिको मड्रिड र एथलेटिको बिल्बाओबीचको विजेतासँग खेल्दैछ।

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्