धादिङको रुबीभ्यालीमा पहिरो, डोजरसहित तीन जना बेपत्ता
काठमाडौं, पुस २९ : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्। बिहान साढे ८ बजेको समयमा बाटो खन्ने क्रममा माथिबाट...
काठमाडौं, पुस २९ : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्। बिहान साढे ८ बजेको समयमा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल धादिङका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राकेश सिंहले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
पहिरोमा परी डोजरसहित डोजरका चालक, सहचालक र बाटो समितिका एक जना बेपत्ता भएका हुन्। उनीहरुको परिचय खुलिनसकेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन्।
उनले घटनाको विस्तृत विवरण आइनसकेको बताएका छन्। घटनास्थल नजिकको प्रहरी चौकी पनि पैदल जाँदा सात घण्टाको दुरीमा रहेका कारण विवरण आइनसकेको उनले बताए। घटनामा बेपत्ता हुनेहरुलाई खोज्नका लागि प्रहरी परिचालन गरिएको उनले बताए।
प्रकाशित मिति: १०:२२ बजे, बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












