Kathmandu Press

वन्यजन्तुले गरेको नोक्सानीमा ४८ लाख राहत वितरण

रसुवा, पुस २९ : लाङटाङ राष्ट्रिय  निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ।वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया...
वन्यजन्तुले गरेको नोक्सानीमा ४८ लाख राहत वितरण

रसुवा, पुस २९ : लाङटाङ राष्ट्रिय  निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ।

वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो।

Hardik ivf

गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ। राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको पाँच लाख ९८ हजार प्रदान गरिएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए।

भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्वसावधानी अपनाउँदा तीन जनामात्र घाइते भएका छन्।

डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ। मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम  सुरू गरिएको छ।

किसानको खेतबारीमा बर्सेनि वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यमबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको छ। निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार रु ७५ लाख बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको हो।

प्रकाशित मिति: ०८:३४ बजे, बिहीबार, पुस २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्