Kathmandu Press

प्रधानमन्त्री कप: आज चार वटा खेल हुँदै

काठमाडौं, पुस २९ : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदै छन्।नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताका दुई खेल...
प्रधानमन्त्री कप: आज चार वटा खेल हुँदै

काठमाडौं, पुस २९ : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदै छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताका दुई खेल त्रिवि क्रिकेट मैदानमा र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्।

Hardik ivf

त्रिवि मैदानमा हुने पहिलो खेलमा आज बिहान ९ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो १ बजे प्रदेश २ र लुम्बिनी भिड्नेछन्।

त्यस्तै, मूलपानीमा मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र प्रदेश १ तथा दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेश दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी भएका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ तथा समूह ‘बी’ मा एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन्।

प्रकाशित मिति: ०८:२६ बजे, बिहीबार, पुस २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्