Kathmandu Press

आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ

वालिङ, पुस २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन। कांग्रेस...
आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ

वालिङ, पुस २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन। कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।

'पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ,' नेता श्रेष्ठले भने, 'अब पार्टीमा विजयी हुनेले उपविजेताको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ।' पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उनले नेता कार्यकर्तालाई सुझाव दिए।

Hardik ivf

पार्टीको १४औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उनले बताए। पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिए। कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली कांग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताए। उनले पार्टीमा विजेता उपविजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाए।

कांग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ‘ख’ का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, कांग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ता पार्टीको सङ्गठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्