Kathmandu Press

अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ को...
अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् । 

कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

“पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन”, उनले भने, “कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताए । 

वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, “केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।” 

वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए । 

प्रकाशित मिति: २०:२३ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्