Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप २५४ जनामा सङ्क्रमण

सुदूरपश्चिम, पुस २८ : सुदूरपश्चिम प्रदेशमा आज थप २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट...
सुदूरपश्चिम प्रदेशमा थप २५४ जनामा सङ्क्रमण

सुदूरपश्चिम, पुस २८ : सुदूरपश्चिम प्रदेशमा आज थप २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७३५ जनाको नमूना परीक्षण गर्दा २५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत १९१ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४५, महाकाली अस्पतालमा १८ र एन्टिजेनमार्फत कञ्चनपुरका ११३, कैलालीका ६५, दार्चुलाका पाँच, डोटीका चार, बाजुराका दुई, डडेल्धुरा र बैतडीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन्। सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि मङ्गलबार यस प्रदेशमा १९४ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:३८ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्