Kathmandu Press

पोर्चुगलको जितमा रोनाल्डोको गोल, सर्विया पराजित

काठमाडौं, भदौ २२ : युरोकप छनोटको खेलमा पोर्चुगलले सर्वियालाई पराजित गरेको छ।

गएराति भएको खेलमा पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्त....

पोर्चुगलको जितमा रोनाल्डोको गोल, सर्विया पराजित

काठमाडौं, भदौ २२ : युरोकप छनोटको खेलमा पोर्चुगलले सर्वियालाई पराजित गरेको छ।

गएराति भएको खेलमा पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराउँदै समूह चरणको तेस्रो खेलमा पहिलो जित हात परेको हो। समूह ‘बी’ रहेको पोर्चुगलले यसअघि खेलेका दुई खेलमा बराबरीमा रोकिएको थियो।

खेलको ४२ औँ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको पोर्चुगलका लागि खेलका ५८ औँ मिनेटमा गोनकलो गुउदेसले गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको ६८ औँ मिनेटमा सर्वियाका निकोला मिलिनकोभिकले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। तर, खेलको ८० औँ मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अग्रता दिलाए।

खेलको ८५ औँ मिनेटमा सर्वियाका लागि एलेकसान्डर मित्राोभिकले गोल गर्दै खेल ३–२ को स्थितिमा झारेका थिए।

तर, खेलको ८६ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै पोर्चुगलाई ४–२ गोल अन्तरको जित दिलाए।

जितसँगै समूह बीको दोस्रो स्थान रहेको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ। हार ब्यहोरेको सर्विया ४ खेलबाट ४ अंकसहित तालिकाको चौथो स्थानमा छ। समूहको शीर्ष स्थानमा रहेको युक्रेनको ५ खेलबाट १३ अंक छ।

प्रकाशित मिति: ०७:५६ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्