युरोकप छनोटः विश्व विजेता फ्रान्सले अल्बानियालाई हरायो
काठमाडौं, भदौ २२ : युरो कप छनोट अन्तर्गतको खेलमा विश्व विजेता फ्रान्सले अल्बानियालाई पराजित गरेको छ।
गएराति भएको खेलमा विश्वविजेता फ्रान्सले....
काठमाडौं, भदौ २२ : युरो कप छनोट अन्तर्गतको खेलमा विश्व विजेता फ्रान्सले अल्बानियालाई पराजित गरेको छ।
गएराति भएको खेलमा विश्वविजेता फ्रान्सले अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ।
खेलको आठौं मिनेटमा किंग्स कोमनले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले राफेल भाराफेल भारनेको पासमा गोल गरेका थिए।
खेलको २७ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमा २–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। अल्बानियाले भने खेलको अन्तिम मिनेटमा सान्तोना गोल गरेको थियो।
६८ औँ मिनेटमा कोमनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। खेलको ८५ औँ मिनेटमा नानीतमो इकोनेले डेब्यु गोल गर्दै फ्रान्सलाई ४–० को अग्रता दिलाएका थिए।
खेलको ९० औं मिनेटमा अल्बानियाका लागि पेनाल्टीमार्फत सोकोलले सान्तोना गोल फर्काए। जितसँगै समूह ‘एच’ को शीर्ष स्थान रहेको फ्रान्सको ५ खेलबाट १२ अंक भएको छ। हार ब्यहोरेको अल्बानिया ६ अंकका साथ समूहको चौथो स्थान रहेको छ।