Kathmandu Press

ब्राउन सुगरसहित तीन युवक पक्राउ

काठमाडौं, पुस २८ : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको...
ब्राउन सुगरसहित तीन युवक पक्राउ
Hardik ivf

काठमाडौं, पुस २८ : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।  

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्