Kathmandu Press

मिलमा सल बेरिएर महिलाको मृत्यु

डोटी, पुस २८ : अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरका...
मिलमा सल बेरिएर महिलाको मृत्यु

डोटी, पुस २८ : अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा सुन्तलीको घटनास्थलमै मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिए।

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्