Kathmandu Press

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

गलकोट, पुस २८ : कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द...
बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

गलकोट, पुस २८ : कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन्। पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका हुन्। 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्