Kathmandu Press

खानेपानी अभाव झेल्दै महोत्तरी भटौलियाका मुसहर बस्ती

महोत्तरी, पुस २८ : महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेको मुसहर बस्ती खानेपानी अभाव झेलिरहेको छ। खानेपानी अभाव झेलिरहेको एक सय घरपरिवारको...
खानेपानी अभाव झेल्दै महोत्तरी भटौलियाका मुसहर बस्ती

महोत्तरी, पुस २८ : महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेको मुसहर बस्ती खानेपानी अभाव झेलिरहेको छ। खानेपानी अभाव झेलिरहेको एक सय घरपरिवारको सो मुसहर बस्तीमा एउटा पनि ट्युबेल छैन ।

खानेपानीका लागि भटौलियाका मुसहर बस्ती सार्वजनिक स्थान, विद्यालय र वडा कार्यलयमा रहेको ट्युबेल÷धाराको भरमा छ। गाउँमै खानेपानी नहुँदा धेरै समस्या भएको स्थानीय सिकिन्दर सदाले बताए ।

आफूहरू भटौलियामा चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म निजी खानेपानी ट्यबेल जोड्न नसकेको ६० वर्षीया जिवछी सदाले दुखेसो गरिन्।

स्थानीय तेतरी सदाले मुसहरसँग आफ्नो खानेपानी नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको घरमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, ट्युबेलको किल्ली निकालेर राखिदिने गरेको सुनाइन् । कहिलेकाँही छोइए गालीगलौजसमेत गर्ने गरेको उनले बताइन्।
    

 

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्