Kathmandu Press

इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा साउथह्याम्पटनको सहज जित 

काठमाडौं, पुस २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले  ब्रेन्टफोर्डमाथि ४–१ को सहज जित निकालेको...
इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा साउथह्याम्पटनको सहज जित 

काठमाडौं, पुस २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले  ब्रेन्टफोर्डमाथि ४–१ को सहज जित निकालेको हो। 

घरेलु मैदानमा साउथह्याम्पटनलाई जिताउन बेडनारेक, अर्मान्डो बोर्जा र चे एडम्सले एकएक गोल गरे। विपक्षी टोलीले आत्मघाती गोल गरेपछि थप एक गोल भने उपहास्वरुप प्राप्त भएको हो। जवाफमा ब्रेन्टफोर्ड  एक गोल मात्रै फर्काउन सफल भयो। 

खेलको पाचौं मिनेटमा नै  बेडनारेकले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए। २३ औं मिनेटमा बेन्टफोर्डका  भिटाली जानेटले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएकाा थिए। 

लगत्तै  ३७ औं मिनेटमा ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनको अग्रता दोब्बर भएको थियो। खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । त्यसपछि  ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४–१ ले विजयी भयो ।

जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोड्दै लिगको ११ औं स्थान कायम गरेको छ। ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्