Kathmandu Press

भोलिदेखि देशभरको मौसममा सुधार आउने

काठमाडौं, पुस २८ : जल तथा मौसम विज्ञान विभागले भोलिदेखि देशरभको मौसममा सुधार आउने जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भने देशका...
भोलिदेखि देशभरको मौसममा सुधार आउने

काठमाडौं, पुस २८ : जल तथा मौसम विज्ञान विभागले भोलिदेखि देशरभको मौसममा सुधार आउने जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भने देशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश १ र प्रदेश २ सहित पहाडी भूभागमा सामान्य बदली हुनेछ। देशका बाँकी भागमा भने मौसम सफा रहनेछ।

आज दिउसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ।

बिहीबार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुनेछ। देशभर आंशिक बदली रहने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्