Kathmandu Press

पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी स्थगित

काठमाडौं, पुस २८: आगामी माघ ५ गतेबाट आयोजना हुन लागेकोे पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०७८ स्थगित भएको छ।कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आयोजक...
पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी स्थगित

काठमाडौं, पुस २८: आगामी माघ ५ गतेबाट आयोजना हुन लागेकोे पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०७८ स्थगित भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले सूचना प्रकाशित गरी स्थगित भएको जनाएको छ। बढ्दो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदर्शनी स्थगित गरिएको सूचनामा उल्लेख छ।

सरकारले तोकेको मापदण्ड अनुरुप २५ जना भन्दा बढी भेला हुन नपाइने तथा कुनै प्रकारको सभा, सम्मलेन, प्रदर्शनी गर्न प्रतिबन्ध गरिएसँगै प्रदर्शनीलाई अर्को जानकारी नआएसम्मको लागि स्थागित गरिएको नामियाका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए।

यो प्रदर्शनी माघ ५ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको थियो।

 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्