Kathmandu Press

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत

काठमाडौं, पुस २७ : नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट दिएको राजीनामा स्वीकृत भएको...
नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत

काठमाडौं, पुस २७ : नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा दिएको लिखित पत्र बुझाएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दाहालको राजीनामा स्वीकृत गरेका हुन् ।

दाहाल नारायणहिटी दरबार संग्रहालयमा बतास समूह को कब्जा प्रकरणमा विवादमा मुछिएका थिए। 

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्