Kathmandu Press

पश्चिमा संस्कृतिको प्रभावमा नपर्न मन्त्री रेग्मीको आग्रह

पश्चिमा संस्कृतिको प्रभावमा नपर्न मन्त्री रेग्मीको आग्रह

काठमाडौँ, पुस २७ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मौलिक संस्कृति र परम्परा देशको गहना भएको बताउँदै देखासिकी गरेर पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छन।

‘वुमन्स एरा मिडिया ग्रुप नेपाल’द्वारा आज यहाँ आयोजित हिमालय अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा मन्त्री रेग्मीले मौलिक संस्कृति नेपालको पहिचान भएकाले कलाकर्मीलगायत सबै नागरिकले यसको जगेर्ना गर्न योगदान दिनुपर्नेमा जोड दिए। उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिँदै भने, 'सरकारले आफ्नो संस्कृतिलाई विशेष महत्व दिने भएकाले विभिन्न चाडपर्वमा सार्वजनिक बिदासमेत दिने गरिएको छ, पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढी देखिएकाले हाम्रो मौलिकता नै हराएर पो जाने त होइन भन्ने चिन्ता छ।' उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरे।
 
सो अवसरमा मन्त्री रेग्मीले पृथ्वीजयन्तीको शुभकामना दिएकी थिइन। आधुनिक नेपाललाई एकीकरण गरेका राजा पृथ्वीनारायण शाहको आज ३००औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्