स्याङ्जा एमालेको अध्यक्षमा गैह्रे निर्वाचित
काठमाडौं, पुस २७ : नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे (पारस) निर्वाचित भएका छन्। पारसले निकतम प्रतिद्धन्द्धी नारायण प्रसाद मरासिनीलाई पराजीत गर्दै निर्वाचित...
काठमाडौं, पुस २७ : नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे (पारस) निर्वाचित भएका छन्। पारसले निकतम प्रतिद्धन्द्धी नारायण प्रसाद मरासिनीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् ।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा कृष्ण खाण, सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए। त्यस्तै सहसचिवद्वय विश्वनाथ पौडेल र तारा शर्मा निर्वाचित भएका छन्। एमाले उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल निकट रहेका गैह्रेले निर्वाचनमा मरासिनीलाई पराजित गरेका हुन्।
दुई पक्ष प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












