Kathmandu Press

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति
Hardik ivf

धनुषा, पुस २७ : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ।

विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ। जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्