Kathmandu Press

मधेसी महिलाबाट पहिलो डिआइजी बढुवा गरेकोमा गृहमन्त्रीलाई धन्यवाद

काठमाडौं, पुस २७ : मधेसको महिलाबाट पहिलो पटक डिआइजीपीमा पुजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधि मण्डलको टोलीले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद...
मधेसी महिलाबाट पहिलो डिआइजी बढुवा गरेकोमा गृहमन्त्रीलाई धन्यवाद

काठमाडौं, पुस २७ : मधेसको महिलाबाट पहिलो पटक डिआइजीपीमा पुजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधि मण्डलको टोलीले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद दिएको छ । 

मंगलबार गृह मन्त्रालयमा आएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको प्रतिनिधि मण्डलले गृहमन्त्री खाणलाई धन्यवाद दिएको हो । 

Hardik ivf

‘मधेसी महिला पुजा सिंहलाई डिआइजीपीमा बढुवा गर्नु भएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी प्रतिनिधि मण्डल बनाएर आएका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भोलि भेटेर धन्यवाद दिन्छौँ । 

मधेसी महिलालाई बढुवा गरेर सरकारले उदाहरणीय काम गरेको छ ।’ प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् । 
 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्